मैले जति पढ्दै गएँ, त्यो झनझन बढ्दै गयो
मैले जति बुझ्दै गएँ, त्यो झनै जटिल भयो
प्यास कहिलै नमेटिने, जति नै यो पिए पनि
लुकाए घट्ने बाँडे बढ्ने, अचम्मको पो छ यो ।।
जब यसको बुँद पिएँ, सम्झेँ मैले सागर निलेँ
जब मैले थोपा पिएँ, ठानेँ मैले ताल सुकाएँ
जति मात्रा बढाउँदै गएँ, उति त्यो फैलँदै गयो
जब उसको सागर देखेँ, तब हारेँ शीर झुकाएँ ।।
जति थोरै जान्दा थियो, ठूलो घमण्ड मभित्र
सिक्दै गएँ फैलँदै गयो, विशाल ज्ञानको क्षेत्र
उति घट्दै गयो जानेको छु, भन्ने मेरो अहमता
कहिलै सकिन्न सिकाइ, बल्ल खुल्यो तेस्रो नेत्र ।।
