काठमाडौं, चैत २५
नव वर्ष २०८३ को पूर्वसन्ध्यामा सांगीतिक चर्चित एवं संगीतकार गायक बिशाल काल्तनको लाइभ प्रस्तुति हुने भएको छ।
लाजिम्पाटस्थित रोयल नेपाल रोधी क्लब (Royal Nepal Rodhi Club) मा आगामी चैत ३० गते बेलुका ७ बजेदेखि सुरु हुनेछ ।
कार्यक्रममा दर्शकहरूले लाइभ लोकदोहोरी, तामाङ सेलो, आकर्षक नृत्य, कमेडी शो, डिजे (DJ) नाइट तथा काउन्टडाउनसहित ननस्टप मनोरञ्जनको आनन्द लिन सक्ने क्लबका सञ्चालक सुनिल छेवाङ लामाले जानकारी दिए ।
नयाँ वर्षलाई स्वागत गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक प्रस्तुति र आधुनिक मनोरञ्जनको उत्कृष्ट समिश्रण प्रस्तुत गरिने जनाइएको छ।
पछिल्लो समय क्लबले विविध सांगीतिक कार्यक्रम तथा नेपाली मौलिक सांस्कृतिक प्रस्तुतीमार्फत दर्शकहरूको विशेष आकर्षण बटुल्दै आएको छ। आयोजकका अनुसार यसपटकको नव वर्ष विशेष कार्यक्रम भव्य, व्यवस्थित र स्मरणीय हुने अपेक्षा गरिएको छ।
कार्यक्रमका लागि सिट सीमित भएकाले समयमै अग्रिम बुकिङ गर्न आयोजकले सबै दर्शकहरूलाई अनुरोध गरेको छ।
