कापी किताब यत्रतत्र, लुगा कलम
बोतल टिफिन् कुनै चिज, छैन झोलामा ।।

न त गर्छु गृहकार्य, न त पढाइ
खाजा खाना मतलव, छैन मलाई ।।

मोबाइल बोकी हातमा, गएँ बेडमा
दिइहाल्छु भन्दै लिएँ, एकै क्षणमा ।।

हेर्न थालेँ भिडियो र, खेल अनेक
जति हेर्छु रमाइला, लाग्ने हरेक ।।

पिरा भए आँखा पनि, आँसु रसायो
एकछिन एकछिन गरेर, बानी बसायो ।।

एकछिन पनि नपाउँदा, लाग्छ तल्तली
स्कुल होस् या सपनामा, देख्छु झल्झली ।।

मोबाइलमै भुल्ने कस्तो, नशा लागेछ
भोकप्यास् थकान निद, सबै भागेछ ।।

यसले गर्दा मेरो कोही, छैन नजिक
पढ्ने बेला यस्तो बानी, लाग्यो बेठिक ।।

नरिश्वर गौतम

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *