ललितपुर, फागुन २०
ललितपुरमा यही फागुन २५ देखि २७ गतेसम्म हस्तकला तथा पर्यटन प्रर्वद्धन मेला गर्ने भएको छ। हस्तकला क्षेत्रको विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको हो।
उक्त मेला ललितपुर महानगरपालिकाको सहयोग र ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा मुख्य आकर्षणहरू हस्तकला प्रदर्शनी, धातु मूर्तिकला प्रदर्शनी, जीवन्त कला प्रदर्शनी, संस्कृति प्रदर्शनी, प्रत्यक्ष प्रदर्शनी, स्थानीय उत्पादन, खाना स्टल, सम्पदा पदयात्रा लगायत अन्य थुप्रै मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
मेलाका लागि वडा भित्र रहेका महिला समूह, युवा समूह, क्लब, पुस्तक कार्यालय र अन्य संघ संस्थालाई आफ्नो टोल तथा क्षेत्रको पहिचान हुने कार्यक्रम प्रस्तुती र आफूले उत्पादित गरेको वस्तु पनि प्रर्दशनी गरी मेला भव्यका साथ सफल बनाउन वडा अध्यक्ष रुपेन्द्र राज शाक्यले अनुरोध गरेका छन् । यस वडामा १६ टोल भएको र मेलामा स्टलका लागि प्रत्येक टोललाई जिम्मा दिएको यस कार्यक्रमका प्रमुख संयोजक सुनिल शाक्यले बताए । उनले ३५ – ४० भन्दा बढि स्टल रहने बताए ।

