ललितपुर, पुस २५
ललितपुर महानगरपालिका वडा १४ ले २०८२ सालको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान गरेको छ। वडा अन्तर्गतको बाल अधिकार समितिको आयोजनामा सम्पन्न कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरूको उत्साह र मेहनतको कदर गर्दै विशेष सम्मान कार्यक्रम गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा वडाअध्यक्ष अमृत जंग महतले सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई उत्तीर्ण गरेका ८० जना विद्यार्थीलाई सम्मान पत्र प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। बाल अधिकार समितिका संयोजक संगीता अछामीका अनुसार शिक्षा क्षेत्रमा विद्यार्थीको उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

वडाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा र बाल अधिकारको प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *