ललितपुर, फागुन १४
लामाटार स्थित सिस्नेरी स्कुलका विद्यार्थीहरूलाई बाल अधिकार, बाल यौन दुर्व्यवहार तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रममा बालबालिका माथि कुनै हिंसा भएमा समयमा नै उजुरी दिन प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक बलराम श्रेष्ठ अनुरोध गरेका छन् । उनले कुनै पनि उजुरी दिन लाज मान्नु हुन्दैन, जति लाज मान्छ त्यतिनै हिंसा तथा अपराध बढ्ने बताए ।
उनले भने – ‘बालबालिका माथि हुन सक्ने हिंसा तथा अपराध आफ्नो मान्छेबाट हुन सक्ने भएकाले तुरुन्तै सम्पर्क गर्ने ।‘
जनचेतनामूलक कार्यक्रममा निम्न विषयहरू प्रस्तुत गरेका छन् :
- बालबालिकाको परिचय र कानुनी व्यवस्था
- अपराध परिभाषा र अपराध सम्बन्धमा जानकारी गराउनु पर्ने जिम्मेवारी
- बालबालिका माथि हुन सक्ने सम्भाव्य हिंसा तथा अपराधहरू
- बालबालिका विरुद्ध हुने अपराध बारे कानुनी व्यवस्था हिंसा बाट बच्ने उपायहरू

नोटः कसैले पनि बालबालिकाको मन्जुरी लिई वा नलिई यौनजन्य तथा अस्वाभाविक व्यवहार गर्न हुँदैन, यस्तो गराएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । – मुलुकी अपराध सहिता, २०७४ र मानव बेचबिखन गर्ने व्यक्तिलाई २० वर्षसम्म कैद र २ लाख रुपैयाँ सम्म जरिवाना हुन्छ । – मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ सम्बन्धी जानकारी दिएका छन् ।
वडाध्यक्ष जयकृष्ण बोगटी

महालक्ष्मी नगरपालिका ९ का वडाध्यक्ष जयकृष्ण बोगटीले प्रहरीसँग जति नजिक हुन्छ त्यतिनै समाज अगाडि बढ्न र अपराधी घटनाहरू हुन नदिन धेरै कुराहरूको मदत पुर्याउन सकिने बताए । उनले अब समाजमा नयाँ दुर्व्यसन न्यूनीकरण सम्बन्धी तालिम राख्ने बताए । उनले भने -दुर्व्यसन सम्बन्धी तालिमले समाजमा भइरहेको दुर्व्यसन बालबालिकालाई बचाउन सकिन्छ ।’
प्रहरी नायव निरीक्षक सन्तोष कुमार बुढाथोकी

यस्तै, विद्युतीय अपराध सम्बन्धी प्रस्तुतिकरण प्रहरी प्रभाग लुभुका प्रहरी नायव निरीक्षक सन्तोष कुमार बुढाथोकीले गरेका छन् । उनले अनलाइन खेलको लतले हानिकारक हुन सक्ने र यसले परिवारलाई समेत असर गर्ने बताए ।
उनले फेसबुकको पासवर्ड कसैलाई नदिने र गोप्यताका साथ राख्न अनुरोध गरे । उनले भने -‘बेला बेलामा फेसबुक पासवर्ड परिवर्तन गर्ने ।’
विद्युतीय अपराध सम्बन्धी कानुनी व्यवस्था र विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अधिकतम रू २ लाखसम्म जरिवाना र ५ वर्षसम्म कैद हुने जानकारी दिएका छन् ।

