ललितपुर, माघ ६

नेकपा (संयुक्त) ले ललितपुरका तिनै निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेको छ। पार्टीले क्षेत्र नम्बर १ मा अमृत नाथ बजगाईँ, क्षेत्र नम्बर २ मा रमेश आचार्य र क्षेत्र नम्बर ३ मा यज्ञराज पन्तलाई उम्मेदवार बनाएको हो।

पार्टीको उक्त निर्णयसँगै ललितपुरमा नेकपा (संयुक्त) ले संगठन विस्तार र राजनीतिक गतिविधि तीव्र बनाएको छ। उम्मेदवारहरूले जनताको पक्षमा राजनीति गर्ने, सुशासन र परिवर्तनको एजेन्डालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच नेकपा समाजवादीबाट अलग भएका नेता घनश्याम भुषालले नेकपा (संयुक्त) बाट ‘क्रान्ति गर्ने’ उद्घोष गरेका छन्। उनले वर्तमान राजनीतिक अवस्थाले जनताको अपेक्षा पूरा गर्न नसकेको उल्लेख गर्दै नयाँ राजनीतिक धार आवश्यक भएको बताए।

भुषालले नेकपा (संयुक्त) ले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्दै जनताको भरोसा जित्ने दाबीसमेत गरेका छन्। पार्टी नेतृत्वले ललितपुरलाई संगठन सुदृढीकरणको महत्वपूर्ण केन्द्रका रूपमा लिएको जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *