ललितपुर, फागुन २६
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुरको नवाैं जिल्ला अधिवेशन चैत २३ बाट हुने भएकाे छ । बुधबार बसेको पार्टी जिल्ला समितिको बैठकले पार्टी अधिवेशन आगामी चैत २३ देखि २५ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हाे ।
बैठकले पार्टी जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा ४ सय ७५ सदस्यीय अधिवेशन मूल आयोजक समिति गठन गरेकाे थियाे।
नवौँ अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्नेछ ।
