ललितपुर फागुन ९

गोदावरी नगरपालिका–१२ ठेचोका स्थानीयवासीहरुले कुल पुजा गरी माधवनारायण पर्व मनाएका छन् । आज बुधबार ठेचो बासिन्दाहरूले कुलदेवताको पूजाका साथ महादेवको आराध गरी माधवनारायणका पर्व मनाएका हुन् ।

माधवनारायण पर्व पौष शुक्ल पूणिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमामा सम्पन्न हुन्छ । पर्व अवधिभर हरेक दिन भजन किर्तनसहित बिहान शंखजल ग्रहण गरी शंख ध्वनिसँगै महादेवको श्रुति महिमा उच्चरणसाथ गाउँ परिक्रमा गरिन्छ । 

पर्व समापनपूर्व महादेवको मूर्तिलाई खटमा राखेर गाउँ परिक्रमा गराइन्छ । ब्रह्माको रूपमा हात, काँध टाउकोमा दियो वालेर गाउँ परिक्रमा गराइयो । घैटामा छ्वालीको पाइप राखेर पानी छ्प्ने चलन छ । साथै खड्कुलोमा पानी राखेर छर्किँदै घुमाइन्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *