स्वच्छ सफा हरियाली, सुन्दर मेरो गाउँ प्राणभन्दा प्यारो लाग्ने, जन्मिएको ठाउँ जन्मेँ त्यहीँ हुर्के बढें, खेल्दै त्यही माटोमा उम्रिए रे काँढैकाँडा, म हिँड्ने बाटोमा ।।

फर्किआऊ भन्दैछन् रे, कुना कन्दराले उर्बर हाम्रो खेतबारी, ढाक्यो बनमाराले निराश हुँदै धर्तीमाता, दिदैछन् रे श्राप पवित्र त्यो जन्मठाउँको, लाग्ने हो कि पाप?

गाउँघरलाई रित्तो पारी, मान्छे बसाइ सरे एकान्तमा वनपाखाले, सुसेल्दैछन् अरे स्वर्गजस्तो गाउँघर छाउँ, केको रहरले? अभाव पीडा दुख मात्र, दियो शहरले ।।

नरिश्वर गौतम

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *