काठमाडौं, जेठ ११

नेपाली साहित्यको निरन्तर प्रवाहलाई अझ सशक्त बनाउँदै ज्योति साहित्य प्रतिष्ठानको २१८औं सृङ्खलामा प्रा डा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यता तथा अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि प्रा डा लुइटेलले “कविता इलास्टिक तन्काउने होइन” भन्नु हुँदै कविता लेख्नेले अरुका कविता सुन्ने, बुझ्ने र अनुभूत गर्ने अभ्यास आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले कविताको सौन्दर्य र साहित्यिक गाम्भीर्यतामाथि गहन विचार प्रस्तुत गर्दै भावशून्य सिर्जना र गन्थनलाई कविता मान्न नसकिने धारणा व्यक्त गर्नुभयो। कविता सुनेर प्रतिक्रिया दिने संस्कारको महत्वमा जोड दिनुभयो। साथै छन्दका तीन प्रकारबारे चर्चा गर्दै कवितामा कवित्व हुनु पर्दछ भन्ने धारणा राख्नुभयो।

कार्यक्रममा डा. विप्लव ढकाल, भीष्म उप्रेती, डा. पद्मा अर्याल, , अक्षरमार्गका सम्पादक सूर्य लाकोजु, शिखरकवि शैलेन्द्र साकार, ब्रिटेन निवासी पर्यासाहित्यप्रेमी विजय हितान, गङ्गा भेटवाल, डा मनमूर्ति भूर्तेल(रूस) , बुद्धिमान महर्जन, भुवन शिवाकोटी, मनमूर्ति भूर्तेल, श्रीराम पौडेल, करिश्मा सिंह, अम्बिका सुवेदी , रजनी मिल, योगाज राजन, जायस रौनीयार, देवेन्द्र नेपाल , चाचु, सुशीला शर्मा सिलु ,जुमनकिरण ,बागमती राई ,सुनिता अधिकारी, श्रीराम पौडेल उदास, सूर्य लाकोजु रुबिना राना, करिश्मा कुमारी सिंह, संगीता ठाकुर, अम्बिका सुवेदी, सुनिता राई कन्दङ्वा, जीकेएन खडेरी, शान्ति पौडेल लगायत करिब ३० जना स्रष्टाहरूको गरिमामय उपस्थिति सहित रचना वाचन भएको थियो।

कार्यक्रमका विशेष आकर्षणहरूमध्ये सूर्य लाकोजुद्वारा काभ्रे पनौतीबाट निरन्तर प्रकाशित साहित्यिक पत्रिका अक्षरमार्ग साहित्यिक कोष मार्फत सात जना स्रष्टालाई नगदसहित सम्मान गरिएको र अक्षरमार्गद्वारा स्थापित दुई कोषमार्फत साहित्यिक कृतिहरू बिना शुल्क प्रकाशन गरिँदै आएको र पुस्तक बिक्रीबाट संकलित रकम कोषमा नै जाने परम्परा रहेको जानकारी दिए।

ब्रिटेनबाट आएका विजय हितानलाई प्रमुख अतिथि प्रा डा खगेन्द्रप्रसाद लुइँटेलद्वारा प्रतिष्ठानको तर्फबाट ‘पर्यासाहित्य दूत’ सम्मान अर्पण गरियो। सम्मानित स्रष्टा बृटेन निवासी विजय हितानले आफ्ना कविता “मलाई आर्यघाट लगेर नजलाउनु” समेत वाचन गर्नुभयो।

कार्यक्रममा प्रा डा खगेन्द्रप्रसाद लुइटेलले बुद्धिमान महर्जन, श्रीराम पौडेल, , करिश्मा कुमारी सिंह, अम्बिका सुवेदीलगायतलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरियो।

कार्यक्रममा कविता वाचन, गीत प्रस्तुति, मुक्तक वाचन, मायाको चिनो प्रदान तथा सम्मान कार्यक्रमले उपस्थित सबैको मन छोएको अनुभूति व्यक्त गरियो। उक्त कार्यक्रमकाे सञ्चालन ज्योति साहित्य प्रतिष्ठानकी महासचिव उषा आचार्यले गरेकी थिइन्।

अन्त्यमा सभापति मणिराज सिंहले “विजय हितानजस्ता स्रष्टाहरू नेपाली साहित्यका साँचो प्रतिनिधि हुन्” भनी बधाई ज्ञापन गर्नु भयो। साथै अक्षर मार्ग साहित्यिक पत्रिकाका प्रकाशक, सम्पादक र सहयोगीहरू तथा विश्व नेपाली साहित्य महासङ्घका विश्व केन्द्रीय समितिका केन्द्रीय उपाध्यक्ष विजय हितान, महासचिव सुनिता राई कन्दङ्वा, सचिव डा मनमुर्ती भुर्तेलसमेत को उपस्थितिले कार्यक्रम गरिमामय भएको धारणा राख्दै उपस्थित सबैमा हार्दिक धन्यवाद प्रकट गर्नुभयो।

यो कविता यात्रा केवल साहित्यिक कार्यक्रम मात्र नभई भावना, समर्पण र सृजनात्मकताको उत्सव बनेर सबैको मनमा अमिट छाप छोड्न सफल रह्यो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *