ललितपुर, असार १०

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गरिन् ।

बजेटमा चालु खर्चतर्फ दुई अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पूँजीगत खर्चतर्फ चार अर्ब ६७ करोड ९४ लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको छ।

महानगरले बजेटमार्फत सम्पदा तथा संस्कृति संरक्षण, दिगो पूर्वाधार विकास, हरियाली प्रवर्द्धन, पर्यावरणीय सन्तुलन, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर-घरमा स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य सेवा, युवा र रोजगार प्रवर्द्धन लगायतका क्षेत्रमा प्राथमिकता दिएको जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *