काठमाडौं, असार ११

ललितपुरस्थित टीकाथली वर्षामापन केन्द्र आसपासको क्षेत्रमा राति मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सो क्षेत्रका गोदावरी खोला तथा साना खोलाहरूमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले नदी किनारका बासिन्दा तथा ती क्षेत्र भएर यात्रा गर्ने सवारी साधनहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले एक सूचना जारी गर्दै बिहानसम्म अझै थप वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। सुरक्षित रहन र जोखिम न्यूनीकरणका उपायहरू अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *