ललितपुर, जेठ २९

ललितपुर उद्योग वाणिज्य संघको राजस्व समितिको आयोजनामा “स्थानीय सरकारको प्रि-बजेट र केन्द्र सरकारको पोष्ट-बजेट” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले गरेकी थिइन्।

उपमेयर बज्राचार्यले स्थानीय सरकार, व्यवसायी तथा सरोकारवाला निकायहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै, कुनै पनि गुनासो समाधान गर्न सबै पक्षले मिलेर सहजीकरण गर्दै अघि बढ्नुपर्ने धारणा राखिन्। उनले निजि जग्गा वा घरमा पार्किङ व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीहरूका लागि करमा छुट दिन आवश्यक मापदण्ड तय गर्ने प्रक्रिया अगाडि बढिरहेको जानकारी दिइन्।

कार्यक्रममा कर तथा राजस्वसम्बन्धी विषयमा स्रोतव्यक्ति प्रवेश आचार्यले हालैका कर संशोधनहरू र बजेट वक्तव्यका महत्वपूर्ण बुँदाहरू प्रस्तुत गरे।

कार्यक्रम उद्घाेषक ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमि नन्दन कर्माचार्यले गरेकाे थियाे ।

अन्तरक्रियामा ललितपुर महानगरपालिकाका कर अधिकारीहरू, उद्योग वाणिज्य संघका राजस्व समितिका सदस्यहरू तथा विभिन्न व्यवसायिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कर प्रणाली, कर तिर्ने प्रक्रिया, व्यवसायमा आउने चुनौतीहरू र तिनको समाधानबारे गहिरो छलफल भएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *