ललितपुर, जेठ ९
गोदावरी नगरपालिका–१४ को आयोजनामा र झिगु आयुर्वेद पसलको सहकार्यमा एकदिने बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न भएको छ। वडाको बाँडेगाँउस्थित जेष्ठ नागरिक भवनमा सम्पन्न उक्त शिविरमा ३१७ जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण सेवा लिएका छन्।
स्वास्थ्य शिबिरमा आयुर्वेद विशेषज्ञ चिकित्सकहरुको टोलीले सेवा दिएको थियो।

यसै अवसरमा वडा कार्यालयको तर्फबाट “वडा अध्यक्षसँग जेष्ठ नागरिक” नामक कार्यक्रम समेत आयोजना गरिएको थियो। कार्यक्रममा वडा नं. १४ मा स्थायी बसोबास गर्दै आएका ६८ वर्ष वा सोभन्दा माथिका जेष्ठ नागरिकहरूसँग अन्तरक्रिया गरिनुका साथै उनीहरूलाई सम्मानसमेत गरिएको थियो।

