ललितपुर, जेठ १५

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदै छ ।

आज दिउँसो ४ बजेपछि रथ तान्नको लागि तयारी भएको हो । रथलाई आज लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनु पर्ने परम्परा अनुसार हिजो बेलुका रथमाथि नरिवल खसालेर चामलको भात पकाएर घुमाएर चढाइएको थियो।

आज रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा १८ गते आइतबार भोटो देखाइनेछ । जावलाखेल पुर्याएको चौथो दिन साइत अनुसार भोटो देखाउने जात्रा हुन्छ ।

पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *