ललितपुर, जेठ ९

गोदावरी नगरपालिका द्वारा आयोजना गरिएको ७ दिने उद्यमशील व्यवसायिक तालिम आजबाट सुरु गरिएको छ। तालिममा लाइजोल, कोलीन, पिताम्बर र ह्याण्डवास जस्ता घरेलु सरसफाइ सामग्रीहरू बनाउने सीप प्रदान गरिनेछ। महिला भवन, वडा नं. १३, झरुवारासीमा संचालन भइरहेको तालिममा नगरपालिकाका १४ वडाबाट दुई-दुई जना गरी २८ जना सहभागी छन्।

सामाजिक संस्था नयाँ किरण नेपाल संस्थाको सहकार्यमा सुरु गरिएको तालिमले महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्ने अवसर दिने उद्देश्य राखेको छ।

नयाँ किरण नेपाल संस्थाकि अध्यक्ष रिजना तुलाधरले सिप सिकेर सफल व्यवसायी बन्न प्रेरणा दिन तालिम संचालन गरिएको जानकारी दिइन्। गोदावरी नगरपालिकाको सहयोगमा सुरु भएको तालिमले स्थानीय स्तरमा उद्यमशीलता विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *