ललितपुर, जेठ ३

आज शनिबार ललितपुर महानगरपालिका–२२ नम्बर वडा कार्यालय, शुसेस नेपाल, झिगु आयुर्वेद पसलको सहकार्य र शुभेक्ता साकोसको सहयोगमा बुङ्गमती बसपार्कस्थित महर्जन समाज गुठी परिसरमा बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा आयुर्वेद विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधी वितरण सेवा प्रदान गरिएको थियो।

शिविरमा २६७ जनाले सेवा लिएका छन्। सहभागीहरूले विभिन्न स्वास्थ्य समस्या जाँच गराउनुका साथै योग्य चिकित्सकहरूबाट परामर्श प्राप्त गरेका थिए। कार्यक्रममा स्थानीयवासी, ज्येष्ठ नागरिक र महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यस किसिमको शिविरले समुदायमा आयुर्वेद चिकित्सा प्रणालीप्रतिको विश्वास बढाउनुका साथै स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्य राखिएको आयोजकहरूले जनाएका छन्। आयोजक संस्थाहरूले आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *