काठमाडौं, बैशाख २३

हालै इलाका प्रहरी कार्यालय बनेपा सरुवा भएका प्रहरी निरीक्षक (प्र.नि.) उपेन्द्रप्रसाद आचार्यको बिदाई तथा सम्मान कार्यक्रम बलम्बु प्रहरी प्रभागको सभाहलमा सम्पन्न भएको छ। सोही कार्यक्रममा समता महिला समूहकी अध्यक्ष आशा महर्जनसहित विभिन्न समाजसेवी, सञ्चारकर्मी र व्यवसायीहरूलाई सम्मान गरिएको छ।

सम्मानित व्यक्तित्वहरूलाई समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत प्रभागसँग समन्वय, सहकार्य तथा शान्ति सुरक्षाको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै कदर–पत्र प्रदान गरिएको हो।

२०६७ सालदेखि स्थापना भएको समता महिला समूह (Equal Woman’s Community) ले बलम्बु प्रहरी प्रभाग तथा वडा नं. १२ मा सक्रिय भई महिला दिदीबहिनीहरूको हकहित, शान्ति सुरक्षा र समाजिक सचेतना प्रवर्द्धनमा उल्लेखनीय कार्य गर्दै आएको छ। समूहमार्फत विद्यालयस्तरमा अपराध न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै बलम्बु वडालाई सुरक्षित क्षेत्रका रूपमा स्थापना गर्न निरन्तर प्रयास भइरहेको छ।

कार्यक्रममा प्रदान गरिएको कदर–पत्रमा उल्लेख छ, “समुदाय–प्रहरी साझेदारी अवधारणाबमोजिम निरन्तर समन्वय र सहकार्य गर्दै सचेतनामूलक कार्यक्रमहरू सफल पार्न तथा शान्तिपूर्ण र सुरक्षित समाज निर्माणमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो कदर–पत्र प्रदान गरिएको हो।”

सम्मानित हुने अन्य व्यक्तित्वहरूमा शिवकुमार महर्जन, रामनारायण घिमिरे, ईश्वर लामा, देवेन्द्र प्रधान, प्रल्हाद रिजाल, हरिश्याम राना मगर, नरेन्द्र राज श्रेष्ठ, न्हुच्छे बहादुर महर्जन, अन्जु नेपाल, माधव प्रसाद अधिकारी, डा. सनिम मानन्धर, सोहान चौधरी, राजकुमार पोखेल, बिष्णु नेपाल, श्रीहरी थापा, मिरा घिमिरे, पुरुषोत्तम श्रेष्ठ लगायत रहेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *