काठमाडौं, बैशाख २१

नयाँ वर्षको आगमनसँगै बाक्लिएको साहित्यिक कार्यक्रमबिच   ज्योति साहित्य प्रतिष्ठान काठमाडौं र शुशेली साहित्य प्रतिष्ठान फर्पिङ दक्षिणकालीबिच शनिबार काठमाडौंमा संस्थागत  भेट्घाट भएकाे छ ।

ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभाध्यक्षता सम्पन्न २१७औँ कविता यात्रा कार्यक्रममा प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकारले संस्थाहरू बिच यस  कार्यक्रमले सहयोग आदानप्रदान मात्र नभई  सिर्जनात्मकता अभिबृद्धी हुन जाने भएकोले कार्यक्रमको सर्‍हना गर्दै कविता वाचन गरे।

सभापति मणिराज सिंहले साहित्यिकं सिर्जनात्मक र आपसी मेलमिलापको लागि  भविष्यमा पनि  सहकार्य अगाडी बढाउँन चाहन्छौँ  भने।  सुशेली साहित्यका अध्यक्ष राजा राम के सीले सम्मनसाथ  हामीलाई आमन्त्रण गर्नु भएकोमा अध्यक्ष  सिंह र ज्योति साहित्य प्रतिष्ठानरति हार्दिक आभार व्यक्त गर्दै ज्योति प्रतिष्ठानको प्रगतिको कामना गरे।

विशिष्ट अतिथि रविन्द्र आशिष् शैली, राजेश्वरी काफ्ले(लालबन्दी),  मधुसूदन प्रसाद घिमिरे, रजनी खत्री, महेश प्रसाद रिजाल , संगीता खरेल , राम राजा केसी , चन्द्र लाल तामाङ ,किरण नेपाली, अप्सरा भुर्तेल आचार्य, सबिता के सी ,योगाज राजन, बिध्या शर्मा काफ्लेले आआपना सिर्जना वाचन गरेर कार्यक्रममा उर्जा थपें।   

चन्द्रागिरीका संगी कालीले  नयाँ बानेश्वर काठमाडौंस्थित चिया सागर रेष्टुरेन्टको खुला प्रेक्षालयमा  छोटो मिठो कार्यक्रमको संयोजन गरिन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *