ललितपुर, बैशाख १८
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न सुरु गरिएको छ।
आजबाट तान्न सुरु गरिएको रथ पुलचोकदेखि गा:बहाल पुर्याइएको छ। पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ ।
