ललितपुर, ३ चैत

जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। पुल्चोकस्थित युएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र तथा भैंसेपाटीको नयाँ मन्त्री निवास क्षेत्र आसपास निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालद्वारा जारी आदेशमा उल्लेख छ।

प्रशासनका अनुसार उक्त क्षेत्रमा आगामी दुई महिनासम्म कुनै पनि अनशन, धर्ना, जुलुस, घेराउ, प्रदर्शन तथा सभा गर्न पाइने छैन। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *