काठमाडौं, फागुन २५

नेपाल महिला फेडरेशनको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का महिला विभाग प्रमुख क. लक्ष्मी देवी शाहको संयोजकत्वमा प्रमुख अतिथि ने.क.पा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा ने.क.पा (संयुक्त) का महासचिव क. केदार चन्द्र शर्मा, सुदूर पश्चिम प्रदेश प्रमुख क. तुलसी देवी धामी, नेपाल राष्ट्रिय युवा फेडरेशनका अध्यक्ष क. नवीन खड्का, नेपाल ट्रेड युनियन फेडरेशनका कार्यवाहक अध्यक्ष क. कृष्ण थापा, नेपाल किसान फेडरेशनका संयोजक क. विद्या देव जोशी, नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष क. उपेन्द्र छटुन्जेल लगायतका नेताहरूको आतिथ्यता रहेको थियो।

कार्यक्रम सञ्चालन नेपाल महिला फेडरेशनकी सचिव आशा महर्जनले गर्नुभएको थियो।

महिला जागरूकता र समानताको मुद्दा

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महिलाहरूको अधिकार, समानता र जागरूकतासँग सम्बन्धित दिवस हो, जुन प्रत्येक वर्ष मार्च ८ मा विश्वभर मनाइन्छ। इतिहासलाई फर्केर हेर्दा, पहिलो पटक सन् १८०८ को फेब्रुअरी २८ मा यो दिवस मनाइएको थियो। सन् १८१० मा महिलाहरूलाई मताधिकार सुनिश्चित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो। सन् २०१३ सम्म आइपुग्दा विश्वभर १०३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको थियो।

नेपालमा महिला र पुरुषबीच अझै पनि ठूलो सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक र प्रशासनिक विभेद रहेको देखिन्छ। कुल जनसंख्याको ५१.५०% हिस्सा ओगट्ने महिलाहरू राज्यका विभिन्न क्षेत्रमा अझै पनि पछाडि परेका छन्। परम्परागत रूपमा व्याप्त जातपातको भेदभाव, चाँडो विवाह, छोराको महत्व जस्ता सामाजिक मान्यताका कारण महिलाहरूको स्तर अभिवृद्धि हुन सकेको छैन।

महिला सशक्तीकरणका लागि कदमहरू

लैंगिक भिन्नताका कारण अवसर र साधनको असमान पहुँचले महिलाहरूलाई पछाडि पारिरहेको छ। यस समस्यालाई समाधान गर्न सरकार तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। नेपाल सरकारले संविधानमा समेत महिला हक र सशक्तीकरणलाई सुनिश्चित गरेको छ।

अन्तर्राष्ट्रिय रूपमा पनि महिलालाई पुरुषसरह हरेक क्षेत्रमा समान अवसर प्रदान गर्न विभिन्न सम्मेलनहरू हुँदै आएका छन्। नारी अधिकार र समानताको अभियानलाई अझ प्रभावकारी बनाउन थप कामहरू आवश्यक रहेको कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *