काठमाडौं, चैत १०

विश्व कविता दिवस (मार्च २१) को अवसरमा ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजित “विश्व कविता महोत्सव २०२५” शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।

प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा तथा विश्व कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, पहिलो चरणमा कविता वाचन तथा दोस्रो चरणमा मन्तव्यसहित सम्मान कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रम प्रतिष्ठानको २१५औँ शृङ्खला अन्तर्गत विशेष रूपमा सम्पन्न गरिएको थियो।

कार्यक्रममा डा. बेन्जु शर्मा, भगिरथी श्रेष्ठ, प्रा. डा. भरत भट्टराई, प्रा. डा. बिप्लव ढकाल, ज्ञान उदास, नरेन्द्र राज पौडेल, भीष्म उप्रेती, किशोर पहाडी, प्रभा भट्टराई, रविन्द्र आशिष् शैली, सुनिता कन्डङ्वा राई, डा. शेखरकुमार श्रेष्ठ लगायतका विशिष्ट अतिथिहरूले कविता वाचन गरेका थिए।

कार्यक्रमलाई थप रंगीन बनाउन चर्चित संगीतकार तथा गायक प्रदीप बम्जन ले राष्ट्रगीत तथा पूर्वेली गीत प्रस्तुत गर्दै साहित्यिक माहोललाई झन् रोचक बनाएका थिए।

नेपालभरका २५ जना स्थापित कवि तथा काठमाडौं बाहिरका २५ युवा कविहरूका साथै १०० जना कविहरूको सहभागिता रहेको कार्यक्रममा साहित्यिक सिर्जनाहरू प्रस्तुत गरियो।

प्रतिष्ठानले आगामी नयाँ वर्ष २०८२ को उपलक्ष्यमा रत्नपार्कमा विशेष कार्यक्रम आयोजना गर्ने जानकारी गराएको छ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले गरेका थिए भने स्वागत मन्तव्य श्यामप्रसाद श्रेष्ठले दिएका थिए। महासचिव उषा आचार्य र अन्चु सुवेदीले कार्यक्रमको सफल सञ्चालन गरेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *