ललितपुर, माघ १७

काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेक बहादुर तामाङको प्रमुख आतिथ्यमा चापागाउँ प्रहरी वृत्तमा पुनर्निर्मित भगवती मन्दिर तथा नवनिर्मित मन्दिर प्रवेशद्वारको समुद्घाटन सम्पन्न भएको छ।

समारोहका प्रमुख अतिथि एआइजी तामाङले मन्दिर सबै समुदायका लागि साझा स्थल भएको उल्लेख गरे । उनले नागरिक सेवाभावलाई बढावा दिन सामुदायिक प्रहरी सेवाको आवश्यकतामा जोड दिँदै समाजलाई सेवा गर्ने कार्य राष्ट्रकै हितमा हुने बताए।

चापागाउँ प्रहरी वृत्तका प्रमुख डिल बहादुर मल्लले स्वागत मन्तव्य राख्दै मन्दिरको ऐतिहासिक एवं धार्मिक महत्त्वबारे जानकारी गराए। उनले कुल २४ लाख १५ हजार रुपैयाँको लागतमा भगवती मन्दिर पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए।

मन्दिर पुननिर्माण समितिका अध्यक्ष रमेश देशारले धनसम्पत्ति कमाएर मात्र ठूलो नहुने भन्दै समाज सेवामा योगदान दिने व्यक्तिहरू नै महान् हुने बताए। साथै, उनले मन्दिर पुनर्निर्माणमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरे।

समुद्घाटन समारोहमा मन्दिर पुननिर्माण समितिका अध्यक्ष रमेश देशारकाे अध्यक्षतामा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारी, राष्ट्रिय अनुसन्धान विभाग ललितपुरका सह-अनुसन्धान निर्देशक रमेश चन्द्र यादव लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, उद्योगी-व्यवसायी, नागरिक समाजका अगुवा, बुद्धिजीवी, महिला तथा समाजसेवी, मौलिक तथा सांस्कृतिक कला समूहका सदस्यहरू र सञ्चारकर्मीहरूको उपस्थितिमा समुउद्घाटन गरेेकाे थियाे ।

यो कार्यक्रम धार्मिक सहिष्णुता, सांस्कृतिक जगेर्ना र सामुदायिक सहभागिताको राम्रो उदाहरण बनेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *