काठमाडौं, पुस २८

२०४७ साल देखी निरन्तर सामाजिक सेवाको क्षेत्रमा सक्रिय श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल अन्तरगतका बिभिन्न समितिहरु प्रदेश, जिल्ला र प्रा स हरुले संस्थाको दोश्रो आधारशिला सेवामुखी बनौं भन्ने भावलाई आत्मासाथ गर्दै चिसो मौसमबाट अति प्रभावित सामुदायिक बिद्यालय, गुरुकुल गुम्बा बृदाआश्रम र अनाथ आश्रमका बिध्यार्थी बृद्धबृद्धा र अनाथ अशक्तहरुलाई निरन्तर सहयोग गरिरहेको जानकारी परिषदका केन्द्रिय सदस्य भिम बगालेले गराउनु भएको छ ।

श्री कुशादेवी माध्यामिक बिद्यालय र श्री त्रिवेणीधाम आधारभुत संस्कृत गुरुकुल ओखलढुङ्गामा अध्यनरत २०७ जना बिध्यार्थीहरुलाई काठमाण्डौ जिल्ला अन्तरगतका प्रा स हरु गोङ्गबु,सितापाईला, ढुङ्गेअड्डा, मनमैजु लगाएतको आयोजना एबं ओखलढुङ्गाको समन्वयमा बिद्यालय पोषाक झोला जुत्ता मोजा टोपी बितरण गरिनुका साथै श्रीकृष्ण प्रणामी मन्दिर कटुञ्जे ओखलढुङ्गालाई बाध्यबादनका सामाग्री हार्मोनियम तबला बितरण गरिएको छ । ओखलढुङ्गा अध्यक्ष एकराज धमलाको पहल र काठमाणडौ जिल्लाका प्रा स हरु र नेपाल अलिबाबा ट्रेक एण्ड टुर्स प्रा लि को संचालक शोभा बजगाँईको सहयोगमा दुई बिद्यालयका बिध्यार्थीहरु लाभाम्बित हुनु परिषद्को लागी गौरवको बिषय हो। साथै संस्कार सहितको शिक्षाले मात्र असल चरित्र निर्माण हुने हुँदा बिद्यालयले पाठ्यक्रममा मात्र सिमित नभई थप रचनात्मक गतिबिधी,अन्तरक्रिया र सचेतनामुलक कार्यक्रम संचालनको लागी परिषद् सङ्ग समन्वय गरे परिषद् थप सहयोग गर्न तयार रहेको जानकारी भिम बगालेले गराउनु भएको थियो ।

२०८१ पौष १३ गते श्री गोङ्गबु प्रा स को आयोजना एवं नेपाल अलिबाबा ट्रेक एण्ड टुर्स प्रा लि को संचालक सोभा बजगाईको सहयोगमा रिगोन तास्ही चोइलिङ् गुम्बा दक्षिणकाली काठमाण्डौमा अध्यनरत बिध्यार्थीहरुको पठन पाठनलाइ सहयोग पुर्याउने उदेस्यले रु २०,००० आर्थिक सहयोग युवा परिषद्का नि. अध्यक्ष देभराज बजगाईले प्रदान गरेका थिए।

२०८१ पौष १६ गते श्री आधारभुत बिद्यालय खैरहनी – ७ सुल्ताना चितवनमा अध्यनरत १२५ जना छात्र-छात्राहरुको पठनपाठनलाई सहज गराउने उदेस्यले अलिबाबा ट्रेक एण्ड टुरिजम प्रा लि को सहयोग र गोङ्गबु प्रा स को आयोजनामा बिद्यालयलाई नगद रु २८२५० र ६५,००० बराबरको शैक्षिक सामाग्रीहरु हस्तान्तरण गर्ने क्रममा दुस्ख र सुख भन्ने कुरा काल क्रममा आउने र जाने जाडो र गर्मि ऋतु जस्तै अस्थाइ बिषय भएकाले अध्यनका क्रममा कुनै अभाब भए त्यसको सामना गर्न देभराज बजगाईले बिध्यार्थीलाई सुझाव दिनुभएको थियो ।

२०८१ पौष २३ गते श्री नेपाल मातृगृह गोङ्गबु काठमाण्डौमा आश्रित अनाथ बालबालिकाहरुको पालनपोषण एवं पठनपाठनमा टेवा पुर्याउने उदेस्यले चिनिया नागरिकको सहयोगमा प्रा स नि. अध्यक्ष श्री देभराज बजगाईको पहलमा गोङ्गबु प्रा स द्धारा रु २०,००० आर्थिक सहयोग हस्तान्तरण गरिएको जानकारी प्रा स अध्यक्ष ईश्वर बगाले ले गराएका थिए ।
२०८१ पौष २३ गते श्री पबित्र सेवा समाज बुढानिलकणठ – ४ काठमाण्डौमा आश्रित असाहाय महानुभालाई परिषद्को तर्फबाट केहि सेवा पुगोस् भन्ने पबित्र उदेस्यले चिनिया नागरिक सोङ र नेपाल अलिबाबा ट्रेक एण्ड टुर्स प्रा लि को संचालक शोभा बजगाँईको समन्वय र सहयोगमा गोङ्गबु प्रा स मार्फत रु १०,००० नगद र ५०,००० बराबरको खाध्यान्न सामाग्री बितरण गरिएको जानकारी प्रा स अध्यक्ष ईश्वर बगाले ले गराएका थिए ।

पौष २४ गते श्री जनता आधारभुत बिद्यालय थाक्रे-८ धादिङमा अध्यनरत ४२ जना बिध्यार्थीलाइ नेपाल अलिबाबा ट्रेक एण्ड टुर्स प्रा लि को संचालक शोभा बजगाँईको सहयोगमा न्यानो ड्रेस, झोला कपि कलम पेनसिल इरेजर कटर कलर लगाएत आवस्यक खेलकुद सामाग्री युवा परिषद् गोङ्गबुले प्रदान गरेको छ। तराईका बिभिन्न जिल्ला बाट आइ ज्यालामजदुरी गर्दै अस्थाई बसोबास गर्ने अधिकाम्स अभिभावकका बाल बच्चाहरु अध्यन गर्ने जानाकारी प्रधानाध्यापक उत्तम प्रसाद सुवेदीले दिनुभयो ।
२०८१ पौष २५ गते श्री ज्योति आधारभुत बिद्यालय किस्पाङ-३ नुवाकोट काउलेमा अध्यनरत ७० जना बिध्यार्थीलाइ न्यानो ड्रेस, झोला कपि कलम पेनसिल इरेजर कटर कलर लगाएत आवस्यक खेलकुद सामाग्री जिल्ला समिति नुवाकोटको समन्वयमा युवा परिषद् गोङ्गबुले प्रदान गरेको छ।

उक्त कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य भिम बगालेले माहात्मा उनै हुन जसको हृदय गरिवहरुको लागि रुन्छ सेवादाता चिनिया नागरिक सोङ र अलिबाबा ट्रेक एण्ड टुर्स प्रा लि लाई धन्यबाद प्रदान गर्नुभयो साथै बिद्यालयमा अधिकांस बिध्यार्थीहरु अभिबावक बिहिन भएको जानाकारी प्रधानाध्यापक जनक थापाले दिनुभयो । कार्यक्रमको अध्यक्षता प्रा स अध्यक्ष ईश्वर बगाले र चिनिया नागरिक सोङको प्रमुख आतिथ्यमा भएको हो परिषदको तर्फबाट देभराज बजगाई दिपक तिमिल्सिना र हरिकृष्ण तिमिल्सिनाको उपस्थिति थियो ।

२०८१ पौष २६ गते श्री कालिका माध्यामिक बिद्यालय बेथानचोक-४ काभ्रेपलाञ्चोकमा अध्यनरत ८८ जना बिध्यार्थीलाइ न्यानो ड्रेस, झोला कपि कलम पेनसिल इरेजर कटर कलर लगाएत आवस्यक खेलकुद सामाग्री र नगद रु ५०,००० जिल्ला समिति काभ्रेपलाञ्चोकको समन्वयमा युवा परिषद् गोङ्गबुले बिदेशी दाता र अलिबाबा ट्रेक एण्ड टुर्स प्रा लि को सहयोगमा प्रदान गरेको थियो। कार्यक्रको बिषेश अतिथि एवं केन्द्रिय सदस्य भिम बगालेले बिध्यार्थीहरुको अभाव अभिषाप नभई वरदान भएकाले अध्यनका क्रममा आइपर्ने जस्तोसुकै परिस्थितिको सामना गर्न बिध्यार्थीहरुलाई सुझाब दिनुभएको थियो । गत असोजमा गएको बाढी पहिरोले बिद्यालयको भौतिक संरचनामा ठुलो क्षति पुगेको अबस्थामा पनि उधारो सामाग्री लिएर जस्ताको अस्थाई टहरो निर्माण गरि पठनपाठनलाई निरन्तरता दिएको साथै बिद्यालयका अधिकाम्स विध्यार्थी आर्थिक रुपमा विपन्न रहेको जानाकारी प्रधानाध्यापक महेन्द्र प्रसाद वाग्ले ले दिनुभयो ।कार्यक्रम गोङ्गबु प्रा स नि. अध्यक्ष देभराज बजगाईको अध्यक्षता चिनिया नागरिक योङ को प्रमुख आतिथ्ता र केन्द्रिय सदस्यहरु भिम बगाले, मोहोन मुकुनद हुमागाई लगाएत उपत्यका का जिल्लाबाट भरतराज मैनाली,सचिन्द्र महर्जन,मनमोल गजुरेल,सन्तोस बजगाई,सम्झना दाहालको उपस्थिति थियो ।
२०८१ पौष २७ गते श्री प्राणनाथ माईती बृद्ध आश्रम पनौती-९ काभ्रेमा आश्रित बृद्ध बृद्धाहरुको पालन पोषणमा टेवा पुर्याउने उदेस्यले युवा परिषद् गोङ्गबुले चिनिया व्यवसायी सोङ र अलिबाबा ट्रेक एण्ड टुर्स प्रा लि को संचालक देभराज बजगाँई र शोभा बजगाँईको सहयोगमा नगद रु ३,८०,००० प्रदान गरेको थियो। त्यसैगरि परिषद्का केन्द्रिय सदस्य श्री मोहोन मुकुन्द हुमागाईले बृद्ध बृद्धाहरुको निशुल्क नेत्र परिक्षण सङ्गै चस्मा पनि उपलब्ध गराउनुभयो।

कार्यक्रममा परिषद् गोङ्गबुलाई माध्यम बनाउदै सेवाभावी सेवादातालाई काठमाण्डौ जिल्ला सचिब श्री भेषराज भट्टराईले परिषद्को तर्फबाट धन्यवाद प्रदान गर्नुभएको थियो।
२०८१ पौष २८ गते श्री अलिबाबा ट्रेक एण्ड टुर्स प्रा।ली।को संचा शोभा बजगाँईको सहयोग र गोङ्गबु प्रा स को आयोजनामा श्री कालिका प्रा.बी. नमोबुद्द-३ भेडाबारी काभ्रेमा ४२ जना बिध्यार्थिहरूको लागी ८०,००० /- बराबरको न्यानो कपडा , जुत्ता मोजा स्पिकर लगाएत अत्यावश्यक शैक्षीक सामाग्री संस्थाका निबर्तमान अध्यक्ष देबराज बजगाई , मित्र राष्ट्र चिनका समाजसेबी सोङ सर , गोंगबु प्रा.स. धार्मिक बिभाग प्रमुख मुकुन्द अधिकारी , सितापाईला प्रा।स। अध्यक्ष कमल अधिकारी श्री कृष्ण प्रणामी युवा परिषद नेपाल काठमाडौं जिल्ला सचिब प्रकाश भट्टराई ज्यु को रोहबरमा हस्तान्तरण गरिएको जानकारी प्रा स अध्यक्ष ईश्वर बगालेले दिनुभयो ।

यस्तै, प्रकारका धेरै सेवाका कार्यक्रमहरु पुर्व मेची देखी पश्चिम महाकाली सम्म निरन्तर भैरहेको र आफु उपस्थित केहि कार्यक्रमहरु मात्र साङ्केतिक रुपमा थप सेवा गर्न चाहानुहुने माहानुभावलाई प्रेरणा मिलोस् भन्ने उदेस्यले सुचना सम्प्रेषण गरिएको परिषद्का केन्द्रिय सदस्य भिम बगालेले जानकारी गराउनु भयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *