ललितपुर, २२ पुष
ललितपुर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न सरुवा भएका एसएसपी श्यामकृष्ण अधिकारीले आफ्नो पदभार ग्रहण गरेका छन्। सोमबार जाउलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरमा विशेष समारोहबीच अधिकारीलाई सलामीसहित स्वागत गरियो।
गृह मन्त्रालयले केही दिनअघि उनलाई ललितपुर प्रहरी प्रमुखको रूपमा सरुवा गरेको हो। यसअघि ललितपुर प्रहरी प्रमुख रहेका एसएसपी शेखर खनालको सरुवापछि अधिकारीलाई उक्त जिम्मेवारी दिइएको हो।
नयाँ जिम्मेवारीसँगै अधिकारीले ललितपुर जिल्लामा शान्ति सुरक्षा कायम राख्न विशेष योजना अघि सार्ने अपेक्षा गरिएको छ।
