ललितपुर, पुस ८

भुवनेश्वर एण्ड कम्पनीले आफ्नो स्थापनाको ४० औं वर्षगाँठ मनाउँदै “रूबी जुबली” कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कम्पनीका संस्थापक भुवनेश्वर प्रसाद जोशीले आफ्नो अनुभवहरू साझेदारी गर्दै, लेखापरीक्षण पेशामा प्रवेश गर्ने यात्राबारे चर्चा गरे। उनले एस.एल.सी. पास गरेपछि कमर्श अध्ययन गर्दागर्दै यो पेसामा लागेको अनुभव सुनाए।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि पूर्व प्रमुख जिल्ला अधिकारी, रोटरी यलका पूर्व अध्यक्ष, ललितपुर संस्कृत सम्बर्द्धन केन्द्रका निवर्तमान अध्यक्ष, त्रिपद्द्म माध्यामिक विद्यालय, ललितपुरका पूर्व प्रानाध्यापक गोपाल मान श्रेष्ठले शिक्षक पेशाको नैतिकता र ठिक कामले मानिसलाई दृढ बनाउने विषयमा चर्चा गरे।

विशिष्ट अतिथि ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्व राज बज्राचार्यले लेखापरीक्षण र व्यापारबीचको महत्त्वपूर्ण सम्बन्धबारे बोले। उनले करको जिम्मेवारी र लेखापरीक्षणले आर्थिक व्यवस्थापन सुधारमा खेल्ने भूमिकाबारे प्रकाश पारे।

२०४२ सालमा आन्तरिक राजस्व कार्यालयमा दर्ता भई स्थापना भएको भुवनेश्वर एण्ड कम्पनीले व्यापारिक, साझेदारी, निजी कम्पनी, पब्लिक लिमिटेड, एनजिओ र आईएनजिओका लागि लेखापरीक्षण सेवा प्रदान गर्दै आएको छ। २०७६ सालमा भ्याटमा दर्ता भएको यो कम्पनीले लेखापरीक्षण सम्बन्धी व्यवहारिक तालिम पनि सञ्चालन गर्दै आएको छ।

यस अवसरमा, तालिम लिएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै कम्पनीका अनुभवहरू साझा गरिएको थियो। कार्यक्रमले कम्पनीको ४० वर्षे योगदानको महत्त्वलाई उजागर गर्दै लेखापरीक्षण क्षेत्रमा यसको पहिचानलाई थप मजबुत बनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *