ललितपुर, मंसिर ३०

गोदावरी नगरपालिका-१२ ठेचोमा ठेचो च्वय लाछी हाट बजार आयोजना हुने भएको छ। टु स्टार क्लबको मुख्य आयोजनामा र गोदावरी नगरपालिका-१२ ठेचो कार्यालयको सह-आयोजनामा हुन लागेको यो कार्यक्रमले ठेचो क्षेत्रको स्थानीय उत्पादन, व्यापार र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

हाट बजार विशेषगरी ठेचो क्षेत्रको मौलिक संस्कृति, हस्तकला, स्थानीय उत्पादन, परम्परागत खाना र अन्य व्यवसायलाई प्रोत्साहन गर्न आयोजना गरिएको छ। यस किसिमका कार्यक्रमले समुदायको एकता, स्थानीय प्रतिभा र उत्पादनलाई बजारसम्म पु¥याउने अवसर सिर्जना गर्नुका साथै पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यक्रमले स्थानिय उत्पादनका सामग्री, हस्तकलाका सामाग्री, कृषिजन्य उत्पादन, तथा परम्परागत नेपाली र नेवारी खानाका परिकारलाई प्रदर्शनी र बिक्रीका लागि प्रस्तुत गर्नेछ। साथै, हाट बजारमा सांस्कृतिक कार्यक्रम, परम्परागत नेवारी नृत्य तथा संगीत प्रस्तुतिले मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *