ललितपुर, मंसिर २९
श्री बालकुमारी वन्दना ! जय जय माता बालकुमारीकाे म्युजिक भिडियोको लोकार्पण विशेष समारोह भएकाे छ। प्रमुख अतिथि बागमती प्रदेशका सांसद माननीय रघुनाथ महर्जन र गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनकाे विशेष उपस्थितिमा लोकार्पण गरेकाे हाे ।
गीतका गितकार हरिराम महर्जन ‘ठेचो’ हुन् भने निर्देशन आर्यम नकःमिले गर्नुभएको छ। अडियो निर्माण आटोंम्युज रेकर्डिङ स्टुडियो र संगीतकार जुगल डंगोलले गरेका छन् ।
गायकहरूमा जितेश महर्जन, उत्तम महर्जन, सुरेन्द्र महर्जन, नन्दगोविन्द महर्जन, न्हुन्छेराम महर्जन रहेकाे छ भने गायिकामा निशा देशार, रत्नशोभा महर्जन, दीपा महर्जन, देवकुमारी महर्जन, बालकुमारी महर्जन, पूर्णदेवी महर्जन रहेका छन्। छायांकन र सम्पादन सोहन मनन्धरले गरेका थिए ।
म्युजिक भिडियो “जय जय माता बालकुमारी” विशेष श्रद्धा र भक्तिभावले भरिएको सांगीतिक प्रस्तुति हो। यो भिडियोले बालकुमारी देवीप्रति समर्पण र सम्मान प्रकट गर्दै धार्मिक भावनालाई अभिव्यक्त गरेको छ।
