ललितपुर, असाेज २२

ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि परम्परागत रूपमा यहाँ दसैँ भने मनाइँदैन । 

खोकनाबासीले विभिन्न देवीदेवताको पूजापाठ र सामूहिक भोज खाएर सिकाली जात्रा मनाउँछन् ।

खोकनावासी दशैं मनाउँदैनन् । यो दशैंभन्दा पुरानो संस्कृढति भएकाले यो जात्रा मनाएपछि दशैं मनाउन नभ्याएको खाेकनावासीले बताउँछन् ।

यो जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित रही देवी नृत्य गरेर मनाइन्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *