ललितपुर, असाेज २२

श्री भृङ्गारेश्वर महादेव मन्दिरमा हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको बारेमा जानकारी दिन आज पत्रकार सम्मेलन गरिएको छ । फागुन६ गतेदेखि १३ गतेसम्म ललितपुर महानगरपालिका २७ स्थित श्री भृङ्गारेश्वर महादेव मन्दिरमा  हुन लागेको महायज्ञको बारेमा जानकारी दिन महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरेको हो ।

श्री भृङ्गारेश्वर महादेव सुधार तथा वृद्ध सेवा समितिका संयोजक रामचन्द्र महर्जनले श्री भृङ्गारेश्वर महादेव शिवलिङ्ग र यसका अन्य प्राचीनतम स्वरुपहरुलाई दृष्टिगत गर्दा करीब ५०९६ वर्ष अघि रचिएको महाभारत ग्रन्थमा पशुपतिनाथको उल्लेख पाइनाले, पशुपतिनाथ भन्दा अगाडि प्रादुर्भाव भएको हुनाले र किरातेश्वर शिवलिङ्ग समेतलाई मनन गर्दा श्री भृङ्गारेश्वर महादेव ५ हजार वर्ष भन्दा अगाडि नै भएको तथ्य स्पष्ट हुन आएकाे बताए ।

यस्तै, प्रमुख वाचक, वाचन प्रविण पण्डित श्री दीनबन्दु पोखरेलले ७ दिनकाे महायज्ञ मात्र नभएर साँस्कृतिक सम्पदा पुन जागरण गर्ने अभियान पनि रहेकाे बताए ।
उनले श्री भृङ्गारेश्वर महादेव मन्दिर पशुपति नाथ भन्दा पनि पुरानाे भएकाेले नेपालकाे अत्यन्तै पुरानाे मन्दिर भन्न सकिने बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *