ललितपुर, असाेज १९

ललितपुर महानगरपालिका ६ अवस्थित कनिबहालमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । उक्त स्वास्थ्य शिविर ललितपुर महानरगपालिका ६ वडाकाे आयाेजनामा भएकाे हाे ।

स्वास्थ्य शिविरमा १३९ जनाले स्वास्थ्य सेवा लिएकाे झिगु आयुर्वेद पसलका सञ्चालक सन्नी माली जानकारी दिए ।
वडा नं. ६ स्वास्थ्य कार्यान्वयन समितिकाे व्यवस्थापन र झिगु आयुर्वेद पसलकाे सहकार्य तथा प्राविधिक सहयोग सम्पन्न भएकाे थियाे ।

पाइल्स सम्बन्धी, बाथरोग जोर्नी तथा नशा, छाला रोग तथा यौन दुर्वलता, जन्डिस तथा कलेजो, दम तथा खोकी, पिनास तथा माइग्रेन, मूत्र रोग तथा पत्थरी, स्त्री रोग सम्बन्धी, ग्याष्ट्रिक/अल्सर आदि सेवाहरू दिएका थिए ।

default

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *