ललितपुर, असाेज १९
लालित्य सिर्जना समाजले बडा दशै, दिपावली र छठ पर्वकाे शुभकामना आदान- प्रदान तथा रचना वाचन कार्यक्रम गरेकाे छ ।
लालित्य सिर्जना समाजको कार्यालय भवन, इमाडोल-३ ढुङ्गेसाङ्गु चोक, A to Z रेष्टुरेन्ट भवन यस समाजका अध्यक्ष बुढिमान महर्जनले रचना वाचन गरेरे कार्यक्रम सुरू गरेकाे थियाे ।
साे कार्यक्रमका प्रमुख अतिथि धर्म, सस्कृति, कला विद् चन्द्र प्रसाद प्रसाईले शुभकामना आदानप्रदानका साथै पर्वकाे महत्व बारे जानकारी दिएका छन् ।
