ललितपुर, असाेज १२
जेष्ठ नागरिक चाैतारी ठेचाे पाँचौ वर्षमा प्रवेश गरेकाे छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस तथा संस्थाकाे पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि रचनाकार हरि भक्त बुढाथोकीले जेष्ठ नागरिक मैत्री भवन निर्माण गर्नका लागि २५ हजार सहयाेग गर्ने बताए ।
उनले आफ्ना बा, आमालाई हेल्ला गरेर वृद्धा आश्रममा बस्ने अवस्था नहाेस् भने कामना गरेका छन् ।
यस्तै, कार्यक्रममा सभापति बालकृष्ण थापा मगरले जेष्ठ नागरिक चौतारी, ठेचोको आफ्नै जेष्ठ नागरिक मैत्री भवन निर्माण गर्नको लागि जग्गा खरिद वारी दिने मनकारी दाताहरुको पहिचान गरी विनम्र अनुरोधको लागि पहल गरेका छन् ।
उनले भने- ” संस्थाकाे नाममा जग्गा प्राप्त भएमा अन्तरराष्ट्रिय स्तरको जेष्ठ नागरिक वातावरणीय मैत्री भवन निर्माणको लागि विशेष पहल गर्ने ।”
तस्बिरहरू







