प्रकृति बाँझो भएछ ।।
निष्कलङ्क छातीमा एकमुठ्ठी सहास लिएर
प्रकृति पुकार्दैछ देवी,देउतालाई
आफ्नो वय सुरक्षित गर्नलाई ।
संसार छ, धुवाँ धुवाँ छ
शुभाञ्जन छैन प्रकृतिमा आज
जता गयो उतै बाँध छ
धर्तीको कोँख चोखो छैन आज ।
पहाड चिरेर जता ततै सडकको निर्माण छ
तर संरक्षण नहुदा मुस्कुराउँन सकेको छैन पहाड
तराइलाई स्वत्रन्त्र जिउँने अधिकार छैन
अवरोधको बाटो ऊ चिर्न सक्दैन
प्रकृतिको बाँझोपन–
जाने त कता जाने
नि:वस्त्र आफ्नो अङ्ग लिएर ।

प्रकृति खोज्दैछ खुसीहरू ।।
आमाको दिन-दिन मुजा परेको गालामा
प्रकृति भौतारी रहेछ काफलगाँस्से समूहमा
उछिट्टिएको सर्पझैँ बनेर ।
झार्दैछ आँसु पिडामा छाती खोली
उघ्रेन आकाश बादललाई चिरेर
पिडा त पिडा नै हुदो होला
सर्पले गन्तव्य नपाएझैँ ।
दैव निष्पक्ष हुन्
दैव निष्ठुरी हुनै सक्दैनन्
सभ्यताको पालनामा–
लुक्न सक्दैन मानवको अस्मीता
अनि—
झर्नै पर्ने प्रकृतिको बाध्यता
कहाँ रोँक्न सकिदों रहेछ र —
प्रकृतिको बाँझोपन
समयको अनहोनी ।।

बुद्धिमान महर्जन
महालक्ष्मी ३ इमाडोल

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *