ललितपुर, असाेज ७
बागमती प्रदेश सहकारी संघ लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । संघकाे चाैैथाे वार्षिक साधारणसभा बाट नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण चयन गरेकाे थियाे ।
अध्यक्षमा रामशरण शर्मा घिमिरे र वरिष्ठ उपाध्यक्षमा जगतलाल महर्जन चयन भएकाे थियाे ।
यस्तै, महिला उपाध्यक्षमा कल्पना रिमाल, महासचिव नेत्रराज पौडेल, सचिव देवराज न्यौपाने र कोषाध्यक्षमा शम्भुलाल श्रेष्ठ रहेकाे छ ।
सञ्चालकहरुमा क्रमशः कृष्णप्रसाद तमल्सिना, मन्दु थापा, बेदुकाजी घिमिरे, कृष्णप्रसाद सुवेदी, रामराज पौडेल, रामहरि न्यौपाने, ध्रुवराज मिश्र, रमेशकुमार कार्की, कल्पना श्रेष्ठ र श्यामकाजी कटुवाल रहेकाे छ भने, लेखा सुपरीवेक्षण समितिमा संयोजक विकल्प पाठक, सदस्य सिध्दिकुमार मानन्धर र सृजना शर्मा चुडाल सर्वसम्मत रूपमा चयन भएकाे थियाे ।
ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाईट पार्टि भेन्यूमा संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता र बागमती प्रदेश सँस्कृति, पर्यटन तथा सहकारी मन्त्री माननीय विमल ठकूरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे ।

