ललितपुर, असाेज ४
माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले सदैव निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा प्रोत्साहन गर्दै आएको बताएको छ ।
ललितपुर उद्योग वाणिज्य संघको ४३ औँ साधारण सभामा उनले साे कुरा बताएको हाे ।
मन्त्री भण्डारीले स्थानीय निकायसँग सहकार्य र समन्वयलाई निरन्तरता दिंदै आत्मनिर्भर अर्थतन्त्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण अगुवाई हुनुपर्ने बताए ।
सो कार्यक्रमका सभापति विश्वराज बज्राचार्यले विश्व र देशको वदलिंदो कमजोर आर्थिक परिस्थितीमा पनि निजी क्षेत्रले आफ्नो क्षेत्रबाट देशको अर्थतन्त्रमा टेवा पुऱ्याउँदै गर्दा समेत राज्य स्तरबाट अथोचित सहयोग प्राप्त भएको अनुभुति नभएको वर्तमान अवस्थामा जिल्लाको आर्थिक एवं सामाजिक विकासका लागि यस उद्योग वाणिज्य संघ निजी क्षेत्रकोलाई सशक्त बनाउन क्रियाशिल र प्रयासरत रहेकाे बताए ।
उनले नेपाल सरकार, प्रदेश र स्थानीय सरकारहरुबाट नीति तथा कार्यक्रममा उद्योग वाणिज्य संघसँग सरोकारवालहरुलाई सम्वोधन गरिने विषय, सुविधा आदि समावेश गरियोस् र बजेट मार्फत पनि सम्वोधन हुनेछ भन्ने आशा व्यक्त गरे ।
