ललितपुर, भदाै ३०
ठेचाे महिला जागरण बचत तथा ऋण सहकारीमा नयाँ अध्यक्ष नियुक्त गरेकाे छ ।
सहकारीकाे १६ औं वार्षिक साधारण सभामा ललिता महर्जनलाई अध्यक्ष पदमा चयन गरेकाे हाे ।

यस्तै, उपाध्यक्षमा मिना महर्जन, सचिव सुनिता महर्जन, काेषाध्यक्ष रिता महर्जन र सदस्यहरूमा क्रमशः महेश्वरी महर्जन, शान्ति महर्जन, माैसमी केसी, नन्दकुमारी महर्जन रहेकाे छ ।
अध्यक्ष ललिता महर्जन यसअघि उपाध्यक्ष रहेकाे थियाे ।

