ललितपुर, भदाै २९
ललितपुर महानगरपालिका १४ का बाल अधिकार समितिकाे आयाेजनामा ६० औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।
१४वडा स्तरीय बाल क्लबको ब्यवस्थापनमा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाइएको हाे ।

सरकारले हरेक वर्ष भदौ २९ गते बाल दिवस मनाउने गर्छ ।
राष्ट्रिय बाल अधिकार परिषद्ले १७ वर्षसम्मको उमेर समूहलाई बालबालिका भनेर परिभाषित गरेको छ ।

तर धेरै बालबालिका अझै पनि शिक्षा, स्वास्थ्य, उचित आहारजस्ता आधारभूत सेवाबाट वञ्चित हुनुपरेको छ ।
वडा सदस्य तथा वडा स्तरीय बाल अधिकार समितिका संयाेजक संगिता अछामीले ललितपुर महानगरपालिका-१४ भित्रका सामुदायिक विद्यालय २ वटा संस्थागत विद्यालय ११ वटा छन् । सबै विद्यालयमा अध्ययन गर्ने बालबालिका ५ वर्ष देखि १७ वर्ष सम्मका रहेकाे र ति सम्पूर्ण बालबालिकाहरु हाम्रो वडा भित्रका बालबालिका हुन्।

प्रत्येक विद्यालयले अतिरिक्त क्रियाकलापहरु गरिरहदा वडा-१४ कार्यलय बालअधिकार समितिसँग समन्वय गर्न र प्रत्येक विद्यालयमा बाल क्लब अनिवार्य गठन गर्नका लागि अनुरोध गरेका छन् ।

