ललितपुर, भदाै २८

गाेदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले महायज्ञबाट जति रकम संकलन हुन्छ, त्यस बराबर नगरपालिकाले सहयाेग गर्ने बताए ।

पाथीभरा महिला समूहको आयोजनामा नगरपालिका–३ स्थित शिव बस्तीमा भएकाे महायज्ञमा उनले साे कुरा बताएकाे हाे ।

साथै उनले व्यक्तिगत रूपमा पनि २५ हजार ५ सय ५५ रूपैयाँ पनि सहयाेग गरेका छन् ।

उनले १४ वटै वडामा विभिन्न समयमा भएकाे सप्ताहमा २५ हजार ५ सय ५५ रूपैयाँ सहयाेेग गर्दै आएकाे जानकारी दिए ।

पाथीभरा महिला समूहको आयोजनामा शिव बस्तीमा शिव बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणको पवित्र उद्देश्यका साथ ३१ गते सम्म महायज्ञ सञ्चालन गरेकाे हाे ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *