ललितपुर, भदाै ११
ललितपुरको सुनाकाेठीमा भिमसेन जात्रा मनाइएको छ। व्यापारीको देवताका रुपमा पुजिने भीमसेनलाई स्थानीले खटमा राखेर नगर परिक्रमा गराइएको छ।
हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने चलन छ । व्यापारमा लागेकाहरुले विशेष रुपमा भिमेसेनको पुजा गर्छन् । भिमसेनलाई नेपाल भाषामा भिंद्यो अर्थात् असल देवताको रुपमा पुजा गरिन्छ ।






