ललितपुर, भदाै ५

गाईजात्राको भोलिपल्ट मनाइने मत्या पर्व आज ठेचाेमा मनाइएको छ । ठेचाेमा रहेको ऐतिहासिक मठमन्दिर, बौद्धबिहार तथा चैत्यमा परिक्रमा गर्दै यो पर्व मनाइएको हो ।

दिवङ्गत भएका आफ्ना परिवारका सदस्यको सम्झनामा दीप प्रज्वलन गरी मृत आत्माको शान्तिको लागि प्रार्थना गर्दै विभिन्न मठमन्दिर, विहार तथा चैत्य परिक्रमा गर्ने परम्परा छ ।

सामान्यतया  मत्या  पर्व नेवार समुदायले मनाउने विशेष पर्व हो । यो पर्व विशेषगरि ललितपुरमा मनाउने गरिन्छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *