सन्तोष बजगाई/ काभ्रेपलान्चोक
रक्तदान जीवन दान , रक्तदान प्राणदान !
जीवन रक्षाको लागि परिषदको योगदान !!
भन्ने मूल नाराका साथ आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती बनेपाले आज सोमबार काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका ९ स्थित श्री कृष्ण प्रणामी मन्दिर बनेपा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको हो।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेका उपाध्यक्ष राजन आचार्यका अनुसार रक्तदान कार्यक्रममा काभ्रे जिल्ला बनेपा नगरपालिका ९ बाट स्थित श्रीकृष्ण प्रणामी मन्दिरबाट ६२ जनाले रक्तदान गरेका थिए।

श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल काभ्रे जिल्ला उपाध्यक्ष बद्री प्रसाद फुयाल श्री कृष्ण प्रणामी सेवा समिती नेपाल इकाई समिती बनेपा अध्यक्ष हरी प्रसाद पराजुली श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपाल इकाई समिती का अध्यक्ष अनीता गौतम लगायत विभिन्न संघसस्थाका प्रतिनिधि हरुको बाक्लो उपस्थित थियो। उक्त कार्यक्रम श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल इकाई समिती बनेपाका सचीव उदब प्रसाद तिमल्सिना ले सञ्चालन गर्नु भएको थियो।

कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिती बनेपाका अध्यक्ष दिननाथ तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *