काठमाडौं, भदाै १०
भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको आराधना गरी मनाइँदै छ।
भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा आज देशभरका कृष्ण मन्दिरहरुमा पूजा आराधना गरेर कृष्ण जन्माअष्टमी मनाइँदै छ। यसै अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सामुदायिक एवं संस्थागत विद्यालयले बालबालिकालाई कृष्ण एवं राधाका रुपमा शृङ्गार गरेर विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् ।




