ललितपुर, भदाै ६
सुनाकोठीमा स्थापना गरिएको भिमसेन (भिंद्यो) को पूजा हुने भएको छ । एउटै शिलामा कुँदिएको १२ फिट भिमसेनको पूजा भाद्र ११ गते हुन लागेको छ ।
भिमसेन जात्रा सुनाकोठी समाजको आयोजना हुन लागेकाे सातौं स्थापना दिवस वार्षिक उत्सव मनाउने तयारी अन्तिम चरणमा रहेकाे आयाेेजकले जानकारी दिए ।
नगरपरिक्रममा गरेर भिमसेनको जात्रा गरिनेछ । बिहान पुजापाठ, होम गरेर साँझ नगरपरिक्रमा गरिने कार्यक्रम छ ।

