दश महिना तालिम लिई खट्छौ देशैभरि ।
देशको सेवा गर्ने गर्छौं, कर्तव्य पूरा गरी ।
रात-दिन खट्ने तिमी कैले छैनौ खाली ।
जस्तो काम पर्दा पनि जान्छौ हाम फाली ।
सत्य सेवा सुरक्षामा हिँड्ने पोसाक भिरी ।
काम पर्दा सधैं खट्ने गएनौ कतै गिरी ।
असत्यमाथि हार छ, सत्यलाई छानी ।
गल्ती काम गर्नेको सुधारिदिन्छौ बानी ।
ज्यानमारा झगडालु डाँका अनि चोर ।
समातेर राखिदिन्छौ सुरक्षित छ खोर ।
सबैतिर सुरक्षित सबैमाथि टेवा ।
देशैभरि गरेका छौ, आज सत्य सेवा ।
– पुष्पराज के.सी.
