ललितपुर, साउन ३१

भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिकाका मेयरसहित सबैले सफाइ पाएका छन्। विशेष अदालतले बुधबार यससम्बन्धी पाँच मुद्दामा फैसला गरेको हो।

मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी सहित १४ जनालाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले ढुंगा बालुवा उत्खनन् र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा पाँचवटा मुद्दा दायर गरेको थियो।

सबै मुद्दामा एक अर्ब रुपैयाँ बिगो निर्धारण गरी मुद्दा दायर भएकोमा विशेषले सफाइ दिएको हो।

मुद्दा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले फैसला गरेका हुन्। 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *