काठमाडौं, साउन २६

काभ्रेपलान्चोक / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अन्तर्गत जिल्ला कार्यसमिती काभ्रेको ११ औं अधिबेशन तथा ३४ औं बार्षिक साधारण सभा काभ्रे जिल्लाको बनेपा नयाँ बस्ती स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा साउन २६ गते शनिबार सम्पन्न भएको थियो।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल केन्द्रिय अध्यक्ष श्री जगदीश चन्द शर्मा को प्रमुख अतिथिथ्यमामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा श्रीकृष्ण प्रणामी समाज काभ्रेका आध्यात्मिक प्रबक्ता शास्त्री सुदर्शन तिमल्सिना धर्म प्रचारक शास्त्री श्री पुरुषोत्तम खतिवडाको उपस्तिथि थियो। उक्त कार्यक्रम मा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उपाध्यक्ष कौशल फुयाल महासचिव सुजन सुवेदी कोषाध्यक्ष कमलकृष्ण केसि सह-कोषाध्यक्ष उमेश प्रधान केन्द्रिय सदस्य हरु राजकुमार आचार्य दिपक कार्की मोहन मुकुन्द हुमागाई साथै बागमती प्रदेश अध्यक्ष बलराम बजगाई सचीव उदब प्रसाद तिमल्सिना कोषाध्यक्ष राधेश्याम गजुरेल सदस्य सुमित बजगाई को उपस्थिति रहेको थियो । साे कार्यक्रममा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिती नेपालका केन्द्रिय सदस्य सरिता थापा कार्यक्रममा प्रणामी समाजको गहना तथा छुट्टै इतिहास बोक्नुभएका प्राणामी सिङ्गिङ आईकोनका निर्देशक नवीन कुमार तिमल्सिना साथै वरिष्ठ फोटोग्राफी संजय मुडबरी गायिका निशु ढकाल लगायतको उपस्थिति रहेको थियो।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल उपत्यका सहित का ६ जिल्ला समितिका पदाधिकारी हरुको बाक्लो उपस्थित थियो। श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल जिल्ला कार्यसमिती काभ्रेका पदाधिकारीहरु साथै बाईजुराज महिला समिती काभ्रेका पदाधिकारी पनि उपस्थिति रहेको थियो। कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रे अन्तर्गत रहेका १७ वटा प्रा.स का प्रतिनिधि हरुको उपस्थिति रहेको थियो।

उक्त अधिबेशनबाट अध्यक्षमा प्राणनाथ सापकोटा उपाध्यक्षमा राजन आचार्य विष्णुहरी हुमगाई सचीव मा सन्तोष बजगाई सह-सचीव दिपक तिमल्सिना कोषाध्यक्ष सन्दिप थापा सह कोषाध्यक्ष अर्जुन दाहाल सदस्यहरु सम्झना दाहाल सरोज हुमगाई निरोज ढुङ्गाना रमेश घोरसाईने चयन भएका छन।

उक्त कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेका अध्यक्ष उदब प्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *