काठमाडौं, साउन १७

पछिल्लो तथ्याङ्कअनुसार देशभर २२ जनामा हैजा देखिएको छ । काठमाडौं र ललितपुरसहित कैलाली जिल्लामा हैजा देखिएको हो ।

रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा १४ जना, कैलालीमा ७ जना र काठमाडौंमा एक जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

ललितपुर गोदावरीको एक पुनर्स्थापना केन्द्रका ८ साउनमा १६ वर्षीय बालकमा संक्रमण पुष्टि भएसँगै हैजा ‘आउटब्रेक’ भएको थियो । त्यसपछि पुनर्स्थापना केन्द्र बस्ने १० जनालाई हैजा देखिएको थियो ।

यस्तै, ललितपुरकै इमाडोल, ग्वार्को र चापागाउँका ४ जनामा हैजा पुष्टि भएको छ ।

यसैगरी, काठमाडौंको टोखा नगरपालिकाका १ जनाको दिशा परीक्षण गर्दा हैजा देखिएको छ । यता, कैलालीको धनगढी उपमहानगरपलिका–१ का ७ जनामा हैजा पुष्टि भएको छ ।

हैजाका बिरामी देखिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना भएकाेले जुनसुकै स्रोतको पानी भएपनि उमालेर पिउन आव्हान गरेको छ । 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *